नियम
अध्यक्षको काम, कर्तव्य र अधिकार
अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) बोर्डको प्रशासकीय प्रमुखको रूपमा काम गर्ने ।
(ख) बोर्डद्वारा सम्पादन गर्नु पर्ने दैनिक प्रशासन आफ्नो निर्देशन तथा नियन्त्रणमा सञ्चालन गर्ने, गर्न लगाउने ।
(ग) बोर्डमा कार्यरत कर्मचारीहरूको रेखदेख तथा नियन्त्रण गर्ने ।
(घ) बोर्डको बैठक बोलाउन लगाउने र त्यसको अध्यक्षता गर्ने ।
(ङ) बोर्डको बैठकमा मत बराबर भएमा निर्णायक मत दिने ।
(च) बोर्डद्वारा गरिएका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने ।
(छ) नेपाल सरकार र बोर्डद्वारा सुम्पिएका अन्य कामहरू गर्ने, गराउने ।
(ज) ऐन, यस नियमावली र बोर्डद्वारा गरिएका निर्णयका अधीनमा रही बोर्डको काम सुव्यवस्थित ढंगबाट सञ्चालन गर्ने सम्बन्धमा आवश्यक अन्य कामहरू गर्ने ।